FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेर गर्दै, जनमत पार्टीपनि सरकारमा सहभागी हुने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७९ पटक पढिएको
Post Thumbnail

काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दै छन्।

माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ। प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेका छन्।

‘आज मन्त्रिपरिषद् हेरफेरको तयारी छ। प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘माओवादीका को मन्त्री हट्छन् अध्यक्षज्यूले भनिसक्नु भएको छैन। उहाँको मनमै छ।’

जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ। जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित