FLASH NEWS
  • Loading...

गौर हत्याकाण्डको छानबिन गर्ने भए जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्छः जसपा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५० पटक पढिएको
गौर हत्याकाण्डको छानबिन गर्ने भए जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्छः जसपा

काठमाडौं— गौर हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने भनेको छ ।

 

जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताए ।

यादवले भने, ‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् ।

गौर हत्याकाण्डको छानबिन गर्ने भनेकै कारण सरकारबाट जसपा बाहिर नजाने समेत यादवले बताए । उनले यसबारेमा पार्टीको धारणा आजै पत्रकार सम्मेलनबाट सार्वजनिक हुने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित