FLASH NEWS
  • Loading...

मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छुः सभामुख

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५५ पटक पढिएको
मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छुः सभामुख

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको बताएका हुन् ।

सोमबार नयाँ बानेश्वरमा बसेको दलका प्रमुख नेताहरुको बैठकपछि सभामुख घिमिरेले संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेपनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

उनले आजको बैठकमा सहमति नभएपनि भोलि बस्ने बैठकमा सहमति जुट्ने आशा व्यक्त गरेका छन् । उनले सहमतिको विकल्प नभएको बताउँदै संसदमा अवरोध हुँदा जनताका आवाज रोकिएको बताए । आफूले अधिकतम लचिलो भएर सकारात्मक दवाव दिइरहेको उनको भनाई थियो ।

सभामुख घिमिरेले भने– ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु ।’

उनले आफू दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको बताउँदै सोही अनुरुप सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको बताए । उनले आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नभएको बताउँदै भोलिदेखि सदनको नियमित कारबाहीमा जाने आशा व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित