FLASH NEWS
  • Loading...

वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौंः रवि

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५२ पटक पढिएको
वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौंः रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं भनेर आक्रोश व्यक्त गरेका छन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारेर पाँच बज्दा पनि बैठक सुरु नभए पछि उनले यसरी आफ्नो आक्रेश व्यक्त गरेका हुन्।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कैयौं कानुन बनाउनु पर्नेछ, कैयौं कानुनमा संशोधन आवश्यक छ। जनसरोकारका कैयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुस्खद्।’

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग गरेर दुवै सदनको बैठक चल्न दिएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित