FLASH NEWS
  • Loading...

एमालेका महासचिव पोखरेल र बिआरआइ परियोजनाको टोली बिच भेटवार्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • २११ पटक पढिएको
एमालेका महासचिव पोखरेल र बिआरआइ परियोजनाको टोली बिच भेटवार्ता

काठमाडौं: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो। महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित