FLASH NEWS
  • Loading...

महालेखा परीक्षक, मुश्लिम आयोग सदस्यलगाएतका लागि आवेदन खुल्ला

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११८ पटक पढिएको
महालेखा परीक्षक, मुश्लिम आयोग सदस्यलगाएतका लागि आवेदन खुल्ला

काठमाडौं- संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुल्ला गरेको छ।

परिषद सचिवालयले आइतबार सूचना निकाल्दै चार पदका लागि आवेदन माग गरेको हो। छुट्टाछुट्टै फारम भरेर एकभन्दा बढी पदमा पनि एकै जनाले आवेदन दिन सक्नेछन्। संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ।

विवरण संवैधानिक परिषद सचिवालयको  [email protected]  मा इमेल गर्न सकिनेछ। केही दिनअघि बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको थियो भने यी ४ पदमा आवेदन माग गर्दै १५ दिने सूचना निकाल्ने निर्णय गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित