FLASH NEWS
  • Loading...

आजदेखि पुलिस रिपोर्ट पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०० पटक पढिएको
आजदेखि पुलिस रिपोर्ट पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने

काठमाडौं- आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका छन् ।

अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौं आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित