FLASH NEWS
- Loading...
सरकारको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको छः प्रधानमन्त्री
- गोल्डेन खबर
- १ साल अघि
- १८४ पटक पढिएको
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताएका छन् ।
बुधबार राजधानीको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।
उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।
प्रतिक्रिया दिनुहोस