FLASH NEWS
  • Loading...

कोशीका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६७ पटक पढिएको
कोशीका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि स्थगित भएको हो ।

 

आज गठबन्धन दलबाट एक–एक जनालाई मन्त्री बनाउने तयारी थियो । माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए । शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित