FLASH NEWS
  • Loading...

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६१ पटक पढिएको
प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गरे पनि सहमति जुट्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए।

सो विषयमा सहमति नभएपछि सभामुख घिमिरेले बैठक स्थगित भएको सूचना प्रकाशित गरेका हुन्। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिनको १ बजे बस्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित