FLASH NEWS
  • Loading...

सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन माधव नेपालको आह्वान

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७४ पटक पढिएको
सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन माधव नेपालको आह्वान

काठमाडौं_ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन आह्वान गरेका छन् ।

समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादी मोर्चा घोषणा गरेपछि तल्लो तहसम्म राम्रो सन्देश प्रवाह भएको बताए ।

उनले भने, ‘हामी सकेसम्म धेरैलाई समेट्न चाहन्छौं । हामीले समेट्ने कुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ । चाहना राखेनन् भने हामी घिसारेर ल्याउँन सक्दैनौं । आफ्नो कुुरा थोपार्न पनि सक्दैनौं । हामी सबैलाई सबैलाई मोर्चामा आउन आह्वान गछौं । आउनुस् नेपाल राष्ट्रको लागि बसौं, जनताको हितको लागि मिलेर अगाडि बढाऔं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित