FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीले भने, लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गर्ने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११६ पटक पढिएको
प्रधानमन्त्रीले भने, लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्।

आइतबार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो आर्थिक वर्षमा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका हुन्।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरूआतमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्थाअनुसार प्रतिवेदन प्रस्तुत गरिएको हो ।

त्यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिए।

प्रधानमन्त्रीले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधार परियोजना निर्माणमा कि इन्स्टिच्युटका रूपमा विकास गर्ने सोच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित