FLASH NEWS
  • Loading...

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, संसद् अवरोध हटाउनेलगायत विषयमा छलफल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८१ पटक पढिएको
Post Thumbnail

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेताहरूबीच संसद् अवरोध हटाउनेलगायत विषयमा छलफल भएको जानकारी दिएका हुन् ।

विमानस्थल बाहिरबाट समातिएको सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । एमालेको अवरोधका कारण स्थगित प्रतिनिधि सभा भोलि बस्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित