FLASH NEWS
  • Loading...

सुदूरपश्चिम सरकारलाई पूर्णता दिन ढिला नगर्न मुख्यमन्त्रीलाई देउवाको सुझाव

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६१ पटक पढिएको
सुदूरपश्चिम सरकारलाई पूर्णता दिन ढिला नगर्न मुख्यमन्त्रीलाई देउवाको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन ढिला नगर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिएका छन् । हिजो भएको भेटघाटमा सभापति देउवाले अब सरकार विस्तारमा ढिला गर्न नहुने बताएका थिए ।

सुदूरपश्चिममा अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छ । कृषि मन्त्रालय विगत ७ महिना देखी मन्त्री विहीन रहेको हो भने पृथ्वी बहादुर सिंहको बझाङ दुर्घटनामा निधन भएपनि कानुन मन्त्रालय पनि मन्त्री विहीन भएको हो । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले तत्काल दुवै मन्त्रालयमा मन्त्री नियुक्त गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् ।

सभापति देउवासँग मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले भेटेका थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच चाँडै सहमति भए सरकार विस्तारमा सहज हुने सभापति देउवालाई बताएका थिए । देउवाले पनि छलफल र संवादको माध्यमबाट चाँडै सहमति गरेर सरकार विस्तारमा ढिलो नगर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।

सरकार विस्तारको गाँठो फुकाउन काठमाडौँ पुगेको मुख्यमन्त्री सहितको टोलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ । भोलि प्रधानमन्त्री प्रचण्ड, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र प्रदेश सरकार बिच ठोस छलफल हुने बताइएको छ । ‘रेशम चौधरी आज काठमाडौँ आउँदै हुनुहुन्छ भोली प्रधानमन्त्रीसँग उहाँ र हामी बसेर छलफल गर्ने कुरा भएको छ’ मुख्यमन्त्री शाहले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित