FLASH NEWS
- Loading...
राष्ट्रपतिद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
- गोल्डेन खबर
- १ साल अघि
- १५५ पटक पढिएको
काठमाडौं—अनुचित लेनदेन मिटरब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणगरेका छन् ।
शुक्रबार आज राष्ट्रपति पौडेलले दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।
राष्ट्रिय सभामा उत्पत्ति ९५ असार २०८० मा दर्ता० भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस