FLASH NEWS
  • Loading...

अर्थमन्त्री महतले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८३ पटक पढिएको
अर्थमन्त्री महतले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेको बताएका छन् ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।

विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको बताएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित