FLASH NEWS
  • Loading...

नेकपा माओवादी केन्द्रका युवा नेता खानले लगाए ओली लाई गम्भीर आरोप 

  • गोल्डेन खबर
  • १ साल अघि
  • २३७६ पटक पढिएको
नेकपा माओवादी केन्द्रका युवा नेता खानले लगाए ओली लाई गम्भीर आरोप 

काठमाडौं-नेकपा माओवादी केन्द्र सर्लाहीका नेता तथा रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपा अध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज नेता नबिराज खानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करलाई जोगाउने खेल खेलेको आरोप लगाएका छन् । ओलीले खेल खेलेर नेपाली जनता माथि विश्वासको खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने—“नेपालमा गृहमन्त्रालयले भन्सार हेर्दैन, गृहमन्त्री भन्सारसँग नैतिकरुपमा समेत जिम्मेवार हुँदैनन् । सुन समातेको पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व विभागको हो । गृहमन्त्रीको राजिनामा किन माग्दैछ एमाले रु कुरा प्रष्ट छ –एमाले ‘गिरीबन्धु टि–स्टेट’ र ‘बाइड बढी’ को खुल्दै गरेको फाइल रोक्न खोज्दैछ ।

गृहमन्त्री, ओलि संलग्न टि–स्टेटको फाइल खोल्नबाट पछाडी हटुन भन्ने चाहन्छ । स्मरण रहोस्, फाइल खोल्न बाट करोरौ जन्ता बाटोमा सरकारको समर्थनमा आउने नेता खानले दावी गरेका छन् । कानुनै संशोधन गरेर ओलीले प्रधानमन्त्री छोड्नुभन्दा ५ दिन अगाढी टि–स्टेटको जग्गा सटही गर्नसक्ने प्रावधान ल्याएका थिए । जेल जाने डरले संसद अवरोध गर्ने नाटक गरेको छ ।”

नेता खानले संसदमा गृहमन्त्रीको राजीनामा मागेर जति उफ्रेपनि राजिनामा नआउने बताएका छन् । उनले बल्ल जनताले सरकारको अनुभूति गरेको उल्लेख गरे । प्रचण्डको सरकारदेखि केही भ्रष्टचारीहरु आत्तिएको उनको भनाइ छ । जसले विरोध गरेपनि सरकारले दृढतापूर्वक काम गर्ने बताए । साथै नेता खनाले गृहमन्त्री श्रेष्ठको खुलेर प्रशंसा समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%