FLASH NEWS
- Loading...
प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित
- गोल्डेन खबर
- १ साल अघि
- २९० पटक पढिएको
काठमाडौं- प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा नेकपा(एमाले)ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ । साथै, एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस