FLASH NEWS
  • Loading...

सत्तारुढ दलले नांगो नाच देखाइरहेको छ, हामी चुप लागेर बस्न हुदैनः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८३ पटक पढिएको
सत्तारुढ दलले नांगो नाच देखाइरहेको छ, हामी चुप लागेर बस्न हुदैनः ओली

काठमाडौं-नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने ।एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित