FLASH NEWS
  • Loading...

नेपालको राजनीति अनिश्चितताको भुमरीमा फस्योः विजयकुमार गच्छदार

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११३ पटक पढिएको
नेपालको राजनीति अनिश्चितताको भुमरीमा फस्योः विजयकुमार गच्छदार

काठमाडौं_ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए ।

गच्छदारले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए । नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित