FLASH NEWS
  • Loading...

नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैनः डा. शशांक कोईराला

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८० पटक पढिएको
नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैनः डा. शशांक कोईराला

काठमाडौं_नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए । कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।

उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो रु त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

नेता कोइरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने तर्क गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित