FLASH NEWS
  • Loading...

काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको छः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८१ पटक पढिएको
काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको छः ओली

काठमाडौं_ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको भन्दै आक्रोश पोखेका छन्।

 

कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैनरु विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइनरु यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइनरु अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्नेरु,’ उनले भने।

गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित भएका हुन्। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले बताए।

‘अन्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार हो। आफू गृहमन्त्री‘ यसको भए पनि उसको भए पनि।। यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्नेरु गृहमन्त्रीले बताउनुपर्‍यो, उहाँको संलग्नता छ छैनरु यसमा सानोतिनो संलग्नतामा त यो काम भएको छैन होलारु उहाँको चाहिँ संलग्नता छ कि छैनरु छैन भने कसको संलग्नता छरु को छ यसमारु यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन१,’ ओलीले भने।

ओलीले गृहमन्त्रीलाई तरिका पुर्‍याएर बोल्न पनि आग्रह गरे। ‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ, बततमिज हुनु एउटा कुरा हो, यो बततमिजी मात्र होइन, गैरजिम्मेवार हद भयो, जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छरु,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित