FLASH NEWS
  • Loading...

खोटाङका प्रजिअ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८९ पटक पढिएको
खोटाङका प्रजिअ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

 

काठमाडौँ-जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल खोटङका प्रजिअ खतिवडाविरुद्ध छिमेकी जिल्ला ओखलढुंगामा भएको एक अनियमिततामा भ्रष्टाचार मुद्दा चलाएको हो। उनी सिद्धिचरण नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा सिद्धिचरण नगरपालिका९१० मा विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो।

 

उक्त उजुरीबारेमा छानबिन गरेपछि सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण वडा नं। १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको बताइएको छ।

आर्थिक वर्ष २०७५र०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको आयोगको दाबी छ।

उपभोक्ता समितिका अध्यक्ष धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडाबीच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाबाट निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीकोसमेत भुक्तानी गरी ४ लाख ७७ हजार ८९९ रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ।

वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन इनसुलेटर स्पिन्नडल सामानहरू लिई सोही सामग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना शुरु हुनुअघिको मिति राखेर खरिद गरेको भनी फर्जी बिल पेश गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित