FLASH NEWS
  • Loading...

चुनाव लड्न कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई महेशको आग्रह

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४१ पटक पढिएको
चुनाव लड्न कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई महेशको आग्रह

काठमाडौं- पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आगामी चुनावदेखि चुनाव लड्न कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै युवा संघका पूर्वाध्यक्षसमेत रहेका बस्नेतले यस्तो आग्रह गरेका हुन्। उनले चुनावमा मिलेका शक्तिले धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताए ।

‘पार्टी नेतृत्वलाई भन्न चाहन्छु । एमाले एक्लै चुनावमा जानुपर्छ । एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्नु हुँदैन । यिनीहरुको संगतले एमालेका मान्छे पनि बिग्रिएका छन्’, उनले भने ।

सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न नसक्नु भएको बस्नेतले दाबी गरे । त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा बोल्दा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध उजुरी गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘चार्ल्स शोभराजले तिमीहरुको एअरपोर्टबाट सुनको हात्ती छिराइदिन्छु भनेका थिए । अहिले सय किलो सुन छिरेको छ’, उनले थपे, ‘विदेशबाट मोबाइल आउँदा डिटेक्टर कराउँछ । त्यत्रो सुन आउँदा त्यहाँको डिटेक्टर कराउँदैन । राजस्व अनुसन्धानले दोलखाका गरिब, चाइनिज, इन्डियन समात्छ । उनीहरुको कल डिटेल माओवादीका नेतासँग जोडिन्छ । अनि सुन तस्करलाई होइन गणेश बस्नेतलाई समात्न लाग्छ ।’

उनले राप्रपाले राजतन्त्रको प्रेतआत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गरे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित