FLASH NEWS
  • Loading...

राष्ट्रिय युवा संघले गर्यो मसाल जुलुससहित बानेश्वरमा प्रदर्शन

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail

काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सुन तस्करीका योजनाकार पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेको छ । सुन तस्करी काण्डमा साना भरियाहरुलाई मात्र पक्राउ गरेर मुख्य दोषीलाई उन्मुक्ति दिने प्रपन्च रचिएको आरोप लगाउँदै राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

शुक्रबार साँझ मुख्य योजनाकारलाई उन्मुक्ति दिने प्रपन्च रचिरहेको भन्दै सबैलाई कानुन बराबर हुनपर्ने युवा संघको माग छ । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित कार्यालयबाट युवा संघका नेता तथा कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन तस्करी भएपछि गत मंगलबार, बुधबार र बिहीबार गरी १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित