FLASH NEWS
  • Loading...

निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्नेछुः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८७ पटक पढिएको
निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्नेछुः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्ने बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ । बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने उनको जोड छ ।

हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्न इन्जिनियरको भूमिका अपरिहार्य प्रधानमन्त्रीको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित