FLASH NEWS
  • Loading...

काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७४ पटक पढिएको
काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

 

काठमाडौँ – भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । साँगाको पुलमुनि भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते यात्रुको उद्दारपछि भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित