FLASH NEWS
  • Loading...

काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९८ पटक पढिएको
काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

काठमाडौं- काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड(२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ ।

आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ । ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौं,’ आयोजकले महानगरलाई पठाएको पत्रमा उल्लेख छ ।

यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । अवार्डका लागि स्थानीय तह ९महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका० ले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित