FLASH NEWS
  • Loading...

आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न सरकारलाई आग्रह

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताए।

आन्दोलनमा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित