FLASH NEWS
  • Loading...

सत्ता गठबन्धन बलियो छ, कसैले चाहेर भत्किदैनः प्रकाश ज्वाला

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३४ पटक पढिएको
सत्ता गठबन्धन बलियो छ, कसैले चाहेर भत्किदैनः प्रकाश ज्वाला

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले सो कुरा बताएका हुन् । एमालेप्रति लक्षित गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह पनि गरे । ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले अघि भने, ‘कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’

प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको बताउँदै उनले गठबन्धन भत्काएर केही पाइहाल्छौं कि भन्ने सोच पूरा नहुने बताए । मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको दाबी समेत गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित