FLASH NEWS
  • Loading...

परराष्ट्र मन्त्री साउद आज थाइल्याण्ड जाँदै

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११२ पटक पढिएको
परराष्ट्र मन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौं- परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन उनी बैंकक जान लागेका हुन् ।

 

उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्ने छन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ । सोही दिन सवा १० बजे उनी नेपालतर्फ प्रस्थान गर्नेछन् ।

बैंककमा हुने बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकको क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने छ । परराष्ट्र मन्त्री बनेपछि साउद र एस। जयशंकरबीच दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो। योभन्दा पहिले बंगलादेशमा इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागी भएको बेला उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो।

मन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित