FLASH NEWS
  • Loading...

चमत्कार भयो डाक्टरले छुट्टिएको मानिसको टाउकोलाई यसरी पुन जोडेर

  • गोल्डेन खबर
  • १ साल अघि
  • १११ पटक पढिएको
चमत्कार भयो डाक्टरले छुट्टिएको मानिसको टाउकोलाई यसरी पुन जोडेर

एजेन्सी- डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ।

यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।

द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको सिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट लगभग अलग भएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए ।

बालकको अवस्था नाजुक देखेर उनलाई हेलिकप्टरबाट हदासाह मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई आकस्मिक शल्यक्रियाका लागि पठाइएको थियो।

डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पूरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा ओहाद इनभले टाइम्स अफ इजरायललाई भने यो एकदमै जटिल शल्यक्रिया थियो। यसमा हामी सफल हुन्छौँ कल्पनासमेत थिएन। तर हामीले हार मानेनौँ, यो जटिल शल्यक्रिया गर्नका लागि धेरै घण्टा लाग्यो। तर अहिले नतिजा देखेपछि पुरै टिम निकै खुसी छ ।

रिपोर्टअनुसार यो घटना गत महिना अर्थात जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् ।

शल्य चिकित्सकहरूले पनि केटाको बाँच्ने सम्भावना कम भएकाले उनको निको हुनु कुनै चमत्कार भन्दा कम नभएको विश्वास गर्छन्। प्रतिवेदनअनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित