FLASH NEWS
  • Loading...

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको लागी ल्यायो आकर्षक समर अफर

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०१ पटक पढिएको
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको लागी ल्यायो आकर्षक समर अफर

काठमाडौं- नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । टेलिकमले यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गरेको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई पनि थप आकर्षक बनाएको कुरा बताएका हुन् ।

‘कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याक  (CUG Pack)  लाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएकोँFair Usage Policy (FUP) बमोजिम तोकिएको परिमाण उपभोग पछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट (Throttling Speed Limit) बढाइएको छ ।’ उनले भने, ‘समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np  मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।’

समर अफर अन्तर्गत उपलब्ध प्याकहरु यस प्रकारका छन्ः
– अल टाइम डाटा प्याक अन्तर्गत रु। ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु। ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
– प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ ।
– सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ ।
– Machine to Machine (M2M)  सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित