FLASH NEWS
  • Loading...

पत्नी शोकमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पठाए समवेदना सन्देश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४२ पटक पढिएको
पत्नी शोकमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पठाए समवेदना सन्देश

काठमाडौं- पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई राष्ट्रपति रामचन्द्र पौडेलले समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधनमा भएको थियो । सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदनापत्र मार्मिक भएको बताउँदै आभार व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सीताको निधन लगत्तै राष्ट्रपतिले टेलिफोन गरी दुःख व्यक्त गर्दा आफू भावविह्वल भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग सीताको सम्बन्ध दाजु र बहिनीको भएकाले पनि राष्ट्रपति पनि भावविह्वल भएको उल्लेख गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित