FLASH NEWS
  • Loading...

बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भयोः खुसीराम चौधरी

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७८ पटक पढिएको
बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भयोः खुसीराम चौधरी

काठमाडौं—नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले प्रदेश सभा बैठकमा बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको भन्दै संशोधनको माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि बजेट भने यथार्थपरक आउन नसकेको टिप्पणी गरे । उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठासो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।’

उनले नीति तथा कार्यक्रममा कमैयाका छोरा छोरीलाई एमबिबिएस सम्म अध्ययन गराउने नीति लिए पनि बजेटमा भने त्यो उल्लेख नगरेको भन्दै विरोध जनाए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रादेशिक अस्पतालको अवस्था बारे पनि सरकार गम्भीर नभएको उनको गुनासो थियो । सरकारको प्राथमिकतामा कृषि क्षेत्र नपरेको भन्दै चौधरीले कृषि, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउन र त्यसमा बजेट थप गर्न माग गरे । ‘पहिलो प्राथमिकता कृषि, शिक्षा र स्वास्थ्य हो । यी मन्त्रालयहरूमा बजेट बढाउन सुझाव दिन्छु’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित