FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीद्वारा मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११६ पटक पढिएको
प्रधानमन्त्रीद्वारा मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् । मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेर चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित