FLASH NEWS
  • Loading...

ललिता निवास प्रकरणमा मेरो नाम जोडिए पनि म आत्तिएको छैनः माधवकुमार नेपाल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२९ पटक पढिएको
ललिता निवास प्रकरणमा मेरो नाम जोडिए पनि म आत्तिएको छैनः माधवकुमार नेपाल

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफ्नो नाम जोडिए पनि आफु कत्ति पनि नआत्तिएको कुरा बताएका छन् । उनले यो सबै कुरामा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको पनि बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको सबै अपजस लिनुपर्ने भन्ने नहुने बताए । ‘यो प्रकरणको उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’

उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ ।’ नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित