FLASH NEWS
  • Loading...

एमालेले सदनको गतिरोध हटाउने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
एमालेले सदनको गतिरोध हटाउने

काठमाडौं-बिहान सिंहदरबार स्थित पधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०सहित शीर्ष नेताहरूबीच भएको छलफलको क्रममा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरिको अनुसार सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको बताएका छन्। उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले गम्भिर रुपमा लिएका र्छौं। आज प्रधानमन्त्रीले पनि सदनमा प्रष्ट पार्नुहुन्छ। हामीले पनि आफ्नो कुरा राख्छौं।’ शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए ।

प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ । प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा सदनको कारबाही चल्न दिइने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । तीन दलको छलफलछि एमाले एमालेले प्रधानमन्त्रीको राजीनामा व्याक भएको छ। प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित