FLASH NEWS
  • Loading...

एमालेद्वारा आजपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४३ पटक पढिएको
एमालेद्वारा आजपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए ।

न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे । अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित