FLASH NEWS
  • Loading...

काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail

काठमाडौं-आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ । १० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध बनेको हो । ‘नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छलफल नगर्ने अनि सिधै पास गरौं त भन्न मिलेन नि १ त्यही भएर हामीले विरोध गरेका हौं,’ नेपाली कांग्रेसबाट निर्वाचित भएका एक वडाध्यक्षले भने,‘ बजेट पास गर्नको लागि सबै विषयमा छलफल हुनुपर्छ । नेतृत्वले मनलाग्दी गर्न पाउँदैन ।’

सभाका सदस्य सचिव रहेका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विशेष कारणले २६ गतेसम्मको लागि नगरसभा स्थगित भएको सूचना प्रकाशित गरेका छन् । वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित