FLASH NEWS
  • Loading...

मेलम्ची खानेपानीको सुरूङ भयो बन्द

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११२ पटक पढिएको
मेलम्ची खानेपानीको सुरूङ भयो बन्द

काठमाडौं-नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ।

मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तको अनुसार सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको हो। ‘धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘तीन–चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ। खोलामा धमिलो पानी बगुञ्जेल काठमाडौं पानी पठाउन सकिन्न।’

गत जेठमा सुरूङभित्र ढुंगा–बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो। तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको पन्तले बताए। २०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो। अहिले पनि पुरिएको बाँध क्षेत्र खोतलिएको छैन। संरचनाहरू जस्ताको तस्तै छन्। परियोजनाले झन्डै २० करोड खर्च गरेर अस्थायी तवरले पानी ल्याउँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित