FLASH NEWS
  • Loading...

भ्रमको राजनीति गर्नेहरुको दिन अब सकियोः ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०२ पटक पढिएको
Post Thumbnail

विराटनगर, २२ फागुन- एमालेले मेची काली अभियानको दोस्रो दिन मोरङको विराटनगर चोकमा बिशाल जनपर््रदशन गरेको छ । अभियानमा उत्रिएको जनप्रर्दशनकारीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले के.पी शर्मा ओलीले केही दलले तर्राईका सोझा सिधा जनतामा विभिन्न भ्रम पैदा गरेर आफ्नो राजनीति अडाइरहेका बताए । ‘तर्राईका जनता सोझा सिधा छन्, इमान्दार छन’ उनले भने- केही राजनीतिक दलले आफ्नो राजनीति अड्याउन ती सोझा सिधा जनतामा विभिन्न भ्रम उत्पन्न गराउँदै हिड्का छन् । भ्रमको राजनीति धेरै दिन टिक्दैन । त्यसरी राजनीति गर्नेको दिन अब सकिदै गएको छ ।
अध्यक्ष ओलीले तर्राईमा उत्पन्न विभिन्न भ्रम चिर्नकै लागि एमालेले मेची महाकाली अभियान गर्नु परेको बताए । ‘यो कुनै चुनावी कार्यक्रम होइन’ उनले भने- जनतालाई जागरण गर्ने अभियान मात्र हो ।’
कार्यक्रममा पूर्वमन्त्री तथा उपाध्यक्ष भिम रावलले मधेसीवादी दलहरु नेपाल-भारत बीचको सम्बन्ध बिर्गान उद्यत् रहेको बताए । ‘दुर्इ देशका जनतालाई मितेरी पुल कुस्ती खेलाउनेहरुले भारतसँगको सम्बन्धलाई प्रगाढ बनाउन सक्दैनन’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित