FLASH NEWS
  • Loading...

एमाले माओवादीबीचको एकता बचाउन सकिएन अब नेकपातिरै फर्कने जमर्को गर्नुपर्छः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८५ पटक पढिएको
एमाले माओवादीबीचको एकता बचाउन सकिएन अब नेकपातिरै फर्कने जमर्को गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादीबीचको एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखेका छन् । ‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४०–५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’

विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । ‘म अहिले कसैलाई दोषारोपन गर्दिन कमरेड नायारणविलास जोशीप्रति सम्मान र श्रद्धा प्रकट गर्दैै गर्दा हामीले एकपटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उदेश्य राख्नुपर्दछ । एकचोटी असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता संघर्ष विभाजन फेरि रुपान्तरण एकता फेरि संघर्ष यस्तै अवस्थाबाट गुर्जिदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।आज हामीले फेरि एकचोटी विचार गर्नुपरेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित