FLASH NEWS
  • Loading...

अर्थमन्त्रीद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५९ पटक पढिएको
अर्थमन्त्रीद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत

काठमाडौं— अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेश गरेका हुन् । आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेश गर्नु परेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

उनले भने, ‘आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।’ गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित