FLASH NEWS
  • Loading...

अदालतको फैसलालाई खानले गरे स्वागत

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९०९ पटक पढिएको
अदालतको फैसलालाई खानले गरे स्वागत

काठमाडौं – अदालतको फैसलालाई नेकपा माओवादी केन्द्रका युवा नेता नविराज खानले स्वागत गरेका छन् । विहिबार सर्वोच्च अदालतले नागरिकता विधयेकलाइ अदालतले गरेको फैसलालाई आत्मसाथ गर्दै  खानले स्वागत गरेका  हुन् ।

लामो समय देखि आफ्नै देशका नागरिकले नागरिकता न पाएका पीडा भोगी रहेका नेपालीहरुको पक्षमा वकालत गर्दै आएका नेकपा माओवादी केन्द्र का युवा नेता खानले सर्वोच्चको फैसलालाई खुलेर स्वागत गरेको छन् ।

साथै अदालतले देशलाई दन्द्धको बाटो बाट रोक्ने काम गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ ।

सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%