FLASH NEWS
  • Loading...

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६० पटक पढिएको
आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं-जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा वर्षाको सम्भावना रहेको छ ।

अहिले मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोसी र वाग्मती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रहेको जनाउँदै महाशाखाले बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको उल्लेख गरेको छ। अहिले देशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तैगरी रातिसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज विषेशगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित