FLASH NEWS
  • Loading...

बालेनको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११६ पटक पढिएको
बालेनको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

काठमाडौं- हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको सुनुवाइ बिहीबार न्यायाधीश चन्दको एकल इजलासमा हुने भएको हो। संघका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीका अनुसार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित