FLASH NEWS
  • Loading...

सरकारको निर्णयविरुद्ध प्रेम चलाउने पुगे सर्वोच्च

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३२० पटक पढिएको
सरकारको निर्णयविरुद्ध प्रेम चलाउने पुगे सर्वोच्च

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा पुगेका छन् ।

उनी सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले अदालत गएका हुन् । उनले सरकारको गैरकानुनी र असंवैधानिक निर्णयको खारेजीको माग गर्दै रिट दायर गरेको छ ।

चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ। यसअघि सरकारले त्रिभुवन विश्वविधालयका उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध दर्ता भएको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो। उनले सोमबारदेखि त्रिवि परिसरमा आमरण अनसन सुरु गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित