FLASH NEWS
  • Loading...

कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्णः विद्यादेवी भण्डारी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०७ पटक पढिएको
कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्णः विद्यादेवी भण्डारी

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेकी छन् ।

मंगलबार काठमाडौंमा स्काउटको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। “कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्वारेन्टाइन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान छ,” उनले भनिन् ।

सातै प्रदेशमा दक्ष विपद् व्यवस्थापन टोली गठन भई विपद् प्रतिकार्यमा परिचालन भएको जानकारी पाउँदा हर्ष लागेको उनले बताइन् । उनले समाज रुपान्तरणमा युवा स्काउटले खेलेको भूमिकाले युवाहरूलाई सही दिशा देखाउन सफल भएको जिकिर गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित