FLASH NEWS
  • Loading...

सरकारले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको छः गृहमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४४ पटक पढिएको
सरकारले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको छः गृहमन्त्री

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने, ‘मुलुकमा सामाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ ।’

जिल्ला समन्वय समिति रामेछापले शनिवार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भने। उनले राजनीतिक परिवर्तन पछाडि मुलुकमा सामाजिक र आर्थिक विकास हुँदै नभएको भने होइन, तर जनताको अपेक्षाकृत ढङ्गबाट हुनुपर्ने जति नभएको बताए ।

अहिले संविधान कार्यान्वयनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि गृहमन्त्री श्रेष्ठ बताए । उनले भने, ‘म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ । अरूजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ । कार्यक्रमका अवसरमा जिल्लामा भएका समस्यालाई समाधान गर्न र विकास निर्माणका काम गरिदिन विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख एवं सङ्घीय तथा प्रदेश सांसदले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित